ताजा समाचार

‘फरार’ सूचीमा रहेका प्रदेश २ का राज्यमन्त्री शर्माले गरे अदालत समक्ष आत्मसमर्पण

काठमाडाैं २८, साउन ।  प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा महोत्तरी जिल्ला अदालत जलेश्वरमा आत्मसमर्पण गरेका छन् ।

केही दिन अगाडी उच्च अदालत जनकपुरले प्रदेश २ का राज्यमन्त्री शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र ‘शाही’लाई पक्राउ गर्न परमादेश जारी गरेको थियो ।

यस्तै, जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी खगेन्द्र कुमार खड्काका अनुसार राज्यमन्त्री शर्मा सोमबार ११ बजेपछि अदातमा उपस्थित भएका हुन् ।

प्रहरीको सूचीमा फरार भएकै बेला शर्मा प्रदेशसभा सदस्य र शाही मेयर चुनिएका थिए। पछि शर्मालाई राज्यमन्त्री बनाइएको थियो। दुवै राजपाबाट निर्वाचित भएका हुन् ।

उनी असई थमन विकको हत्या प्रकरणका फरार अभियुक्त हुन् । आन्दोलनका क्रममा घाइते भएका विकलाई जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org