ताजा समाचार

दिपक सुब्वाकाे ‘तिम्राेलागि’ बोलको गीतकाे म्युजिक भिडियो सार्वजनिक (भिडियाेसहित)

काठमाडाैं २८, साउन । गायक दिपक सुब्वाकाे “ तिम्राेलागि ” बाेलकाे गीतकाे नयाँ म्यूजिक भिडियो सार्वजनिक भएकाे छ ।उक्त भिडियाेकाे छायांकन नेपाल बाहिर यु.ए.इ.का रमणिय तथा पर्यटकिय स्थलमा गरिएकाे हाे र यसकाे भिडियाे बिदेशमै रहेका नेपाली प्राविधिक टिम द्वारा तयार गरिएकाे हाे ।

“ तिम्राेलागि ”गीतकाे शब्द लाेकेन्द्र प्रसाद अाेली तथा संगीत बिरेन्द्र कठायतको रहेकाे छ भने । पाचथरकाे अाङसाराङमा जन्मीएका गायक दिपक सानै देखी गीत संगित तथा गायनमा रूची हुनाले गायनमा अगाडि बड्ने हाैसला मिलेकाे बताउछन।यसैक्रममा “ तिम्राेलागि ” पहिलाे रेकर्डडेट गीत भएता पनि निकट भविष्यमा अन्य गितहरू दर्शक श्राेताहरका लागि ल्याउने प्रतिबद्दता गर्दछन ।

माया प्रेममा अाधारीत रहेर निर्माण गरिएकाे भिडियाे युवा वगर्लाइ मध्यनजर गरेर तयार पारिएकाे निमार्ण समुह बताउछन।उक्त गीतकाे भिडियाेमा दुर्गा क्षेत्री,संजीता मगर र समीरले अभिनय गरेका छन भने राम गुरूङकाे सम्पादन ,प्रदिप घिमिरेकाे छायांकन छ भने भिडियाेकाे निर्देशन दुर्गा क्षेत्रीले गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org