ताजा समाचार

चलचित्र ‘पण्डित बाजेको लाैरी’लाई प्रदर्शनमा रोक लगाउन राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्माको माग

काठमाडाैं २९, साउन । राष्ट्रिय सभा सदस्य सिंहबहादुर विश्वकर्माले राष्ट्रिय सभामा बोल्दै नेपालभर एकसाथ प्रदर्शनमा आउन लागेको ‘पण्डित बाजेको लाैरी’ नामक चलचित्र बारेमा आफ्नो धारणा राख्न चाहन्छु भन्दै चलचित्रको कथा वस्तुवादी परिभाषा आधारीत रहेको र चलचित्रले वादी समुदायको भावनामा आघात पुगेको जनाएका छन् ।

चलचित्रमा प्रयोग भएका केहि शब्द र कथा कपोकल्पित भएको भन्दै वादी समुदायका पुरुषहरु आफ्नो श्रीमतीलाई याैन पेशामा लगाउन ग्राहक खोज्ने देखि अन्य काम गर्ने खालको कुरा देखाइएकाले यसमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

यस्तै, यस्ताखाले कुराहरुले वादी समुदायका महिलामाथी ठूलो आहत भएकाले चलचित्र प्रदर्शनमा रोक लगाउन समेत आग्रह गरेका छन् । संविधानको धारा १९ र धारा २४ विपरीत भएकोले यस सम्बन्धमा छानविन गरी प्रदर्शनमा रोक लगाउन माग गर्दछु।’ उनले भनेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org