ताजा समाचार

धोबीखोलाको बहाब बढेर अनामनगर डुबानमा (भिडियोसहित)

काठमाडाैँ ३०,साउन । उपत्यका डुबानमा परेको कुरा सुन्दा सामान्य जस्तै हुन थालिसकेको छ । हिलो सहित आएको बाढीले धोबी खोला आसपासका क्षेत्र डडुबानमा परेको छ ।

अविरल वर्षाका कारण केहि दिन पहिले भक्तपुर डुबानमा परेको थियो । यसैगरि आज काठमाडाैंको अनामनगर स्थित धोबी खोलामा आएको बाढीले मदन भण्डारी कलेज लगायत खोला आसपासको झण्डै दुईसय मिटरसम्मको दुरीमा वस्ती समेत डुबानमा परेको छ ।

बाढी पसेपछि मानिसहरु राती देखि नै जागराम बसेका छन भने ठूलो मात्रामा धनमालको नोक्सानी हुन पुगेको जनाइएको छ । प्राय: घरको तल्लो तलामा झण्डै ४ देखि ५ फिटसम्म पानी पसेपछि मानिसहरु त्रासमा रातर जागराम बस्न बाध्य भएका हुन् ।

यसका साथै, अहिले मानिसहरु आफू बस्ने कोठा घर, अफिसको भूई तलामा पानी, बेल्चा लगायतका सामाग्रीको सहयोगले हिलो सहितको माटो पन्छाइरहेका छन् ।

हेर्नुहोस भिडियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org