ताजा समाचार

भारतीय पूर्वप्रधानमन्त्री अटलविहारी बाजपेयीको अवस्था नाजूक

दिल्ली-भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको अवस्था निरन्तर नाजूक हुदैं गएको छ । उनलाई भर्ना गरिएको दिल्लीस्थित सरकारी अस्पताल एम्सले एक विज्ञप्ति जारी सो जानकारी दिएको हो ।
अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको अवस्था निरन्तर उस्तै छ । उनी नाजूक अवस्थामा छन् र हाल लाईफ सपोर्ट सिस्टममा छन् ।’

बिहिबार बिहान शीर्ष नेताहरु तथा केन्द्रीय मन्त्रीहरु नयाँ दिल्लीस्थित एम्स अस्पताल पुगेर विरामी पूर्वप्रधानमन्त्रीलाई भेटेका छन् ।  बुधबार अवस्था अचानक खराब भएपछि उनलाई लाईफ सपोर्टमा राखिएको थियो ।

बाजपेयीलाई भेट्न भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी, भारतका उप–राष्ट्रपति भेन्काइए नाइडू, भाजपाका अध्यक्ष अमित शाह तथा केन्द्रीय मन्त्रीहरु राजनाथ सिंह र जेपी नद्द रहेका छन् ।

यी ९३ वर्षे भाजपा नेतालाई जचाइरहेका डाक्टरहरु भने उनको अवस्थाबारे मौन बसेका छन् । तर अस्पतालको स्रोतले भने अवस्था दयनीय रहेको बताएको छ । बुधबार साँझमा जारी एक वक्तव्यमा अस्पतालले विगत २४ घण्टामा उनको अवस्था बिग्रदै गएको जनाएको छ ।

‘पूर्वप्रधानमन्त्ती श्री अटलबिहारी बाजपेयी विगत नौं हप्तादेखि एम्समा भर्ना भइरहेको छन्…उनको अवस्था नाजूक छ र उनी लाईफ सपोर्टमा छन्,’ रातको १०ः०८ मा जारी वक्तव्यमा भनिएको छ ।

बुधबार बिहान प्रधानमन्त्री मोदी पनि बाजपेयीको अवस्था बुझ्न एम्स पुगेका थिए ।  दिल्लीका मुख्यमन्त्री तथा आमआद्मी पार्टीका नेता पनि आज बेलुका बाजपेयीलाई हेर्न अस्पताल जाँदै छन् । त्यस्तै बङ्गालकी मुख्यमन्त्री ममता बेनर्जी पनि बाजपेयीको अवस्था बुझ्नको लागि दिल्ली आउँदै छिन् ।

पूर्वप्रधानमन्त्री बाजपेयीलाई सन् २००९ मा स्ट्रोक भएदेखि उनको समग्र स्वास्थ अवस्था बिग्रिएको थियो ।  त्यसका अतिरिक्त उनलाई डायबिटिज, एक मात्र काम गर्ने मृगौला रहेको स्ट्रोकपछि डिमेन्सियाको विकासजस्ता रोगहरु पनि रहेको छ ।

बाजपेयीलाई मृगोली नलीको संक्रमण, छातिमा अवरोध र पिसाब नली संक्रमण र न्यू पिसाब उत्सर्जनजस्ता समस्या देखिएपछि जुन ११ मा एम्स भर्ना गरिएको थियो ।

अटल विहारी बाजपेयी सन् १९८० मा भाजपाको निर्माण हुँदा यसको पहिलो अध्यक्ष थिए । त्यसबेला भाजपा निकै सानो पार्टी थियो ।  पछि उनको नेतृत्वमा भाजपाले सरकार बनायो । उनी सन् १९९८ देखि २००४ सम्म प्रधानमन्त्री भए ।

भारतीय राजनीतिमा उनलाई काङ्ग्रेसको एकछत्र प्रधानता रहेको अवस्थालाई भाजपामार्फत तोडेको जस दिइन्छ भने अर्कोतर्फ उनले अति हिन्दूवादी संगठन आरएसएसको मुद्धालाई मुलधारमा ल्याएको आरोप पनि लाग्ने गर्छ ।

खासमा भाजपा आरएसएसको भगिनी पार्टीको रुपमा काम गर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org