ताजा समाचार

नेकपाको विद्यार्थीको एकता दीर्घ ‘यू’ लेख्ने गरी टुङ्गियो

काठमाडाैँ १, भदाै ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनको एकताको करिब टुंगो लागेको छ ।

पूर्वएमालेको अनेरास्ववियु र पूर्वमाओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) एकताका लागि गठित कार्यदलले एकीकृत संगठनको नाम र केन्द्रीय समितिको टुंगो लगाएको हो ।

शुक्रबार बसेको कार्यदलको बैठकले संगठनको नाम अनेरास्ववियुको ‘यु’ लाई दीर्घ (यू) लेख्ने सहमति गरेको छ । यो सहमतिसँगै अब नेकपाको विद्यार्थी संगठनको नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ‘अनेरास्ववियू) हुने भएको छ ।

एकीकृत संगठनको केन्द्रीय समिति ४९९ सदस्यीय हुने भएको छ । जसमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने छन् ।

संगठनको नेतृत्वको बारेमा भने छलफल भइरहेको छ । अर्काे बैठकमा नेतृत्वको समेत टुंगो लगाइने कार्यदलले जनाएको छ ।

विद्यार्थी संगठन एकताका लागि गठित कार्यदलमा रविन्द्र अधिकारी, रमेश मल्ल, नविना लामा र रंजित तामाङ सदस्य रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org