ताजा समाचार

मीरा राई लगायतका खेलाडी माछापुच्छ्रे बैकको ब्राण्ड एम्ब्यासडर नियुक्त

काठमाडाैं १, भदाै । माछापच्छ्रे बेकले नेपाली खेलाडीहरु मीरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई ब्रान्ड एम्ब्यासडरमा नियुक्त गरेको छ ।

नेसनल ज्योग्राफिकले २०१७ मा सार्वजनिक गरेको ‘एड्भेन्चर अफ द इयर‘ को उपाधि समेत जित्न सफल राईलाई बैंकको ब्राण्ड एम्बेसडरका रुपमा नियुक्त गरेपछि उनले विश्व अल्ट्रा म्याराथनमा पाएको सफलताका बारेमा समेत आफ्नो धाारणा राखेकी थिइन् । यस्तै, उनी २०१५ मा फ्रान्समा आयोजना गरिएको  ८० किलोमिटर विश्व म्याराथनमा प्रथम भएकी थिइन् ।

यसका साथै गल्फर शेर्पा नेपालको १ नम्बर महिला गल्फ खेलाडी हुन् । उनको दुई महिने अमेरिका भ्रमणका दौरान ईसपीएनले उनीमाथि एक वृतचित्र समेत निर्माण गरिएको थियो ।

आर्यन गिरी अर्का १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन् । ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरु गरेका गिरी बर्न सर्भाइभर हुन् । नेपाल अन्डर १४ को नम्बर १ र एशिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन् । उनी आफ्नो मेहेनत र परिश्रमले एशियाकै नम्बर १ हुने लक्ष्य राखेको जनाएका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी जस्ता खेलाडीहरुलाई बैंकसँग आवद्घ गर्न पाउन गौरवको विषय रहेको बताए । बैंकका पूर्व अध्यक्ष तथा पुर्व सांसद डा. बीरेन्द्र प्रसाद महतोले समेत बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुले बैंकलाई अझै उचाईमा पु¥याउने कुरामा आफु विश्वस्त रहेको बताए ।

बैंकका अध्यक्ष रोशन के. सी. ले पनि आफ्नो मन्तव्यमा मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी लाई माछापुच्छ्रेबैंकको सदस्यका रुपमा स्वागत गरेका छन् ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org