यूएईमा आममाफीका लागि दूतावासले सुरू गर्यो घुम्ती सेवा
काठमाडाैँ १,भदाै । वैदेशिक रोजगारीका लागि यूएई आएर विभिन्न कारणले आफू कार्यरत कम्पनी वा घरबाट भागेका ३९१ जनाको तथ्यांक नेपाली दूतावास अबुधावीले सार्वजनिक गरेको छ ।
यूएईमा अवैध कामदारलाई यहाँको सरकारले वैध बन्न या विना जरिवाना आफ्नो देश फर्कन आममाफीको सुविधा दिएको करिब २ सातापछि यो तथ्यांक यूएई सरकारले दूतावासलाई उपलब्ध गराएपछि सार्वजनिक गरिएको हो ।
साउन ३१ गते बिहीवार एक सूचना जारी गर्दै दूतावासले विभिन्न कारणले यूएईमा अबैधानिक बन्न पुगेका नेपालीहरुको पासपोर्ट अध्यागमनमार्फत दूतावासको कार्यलयमा प्राप्त भएको जनाएको हो ।
नेपाली दूतावासले यूएईमा बिना भिसा लुकिछिपी बसेका सबैको नाम, पासपोर्ट नम्बर र जिल्लाको नाम सहित सूचना जारी गरी आफ्नो पासपोर्ट लिएर वैध बन्न या स्वदेश फर्किन अनुरोध गरेको छ ।
यूएई सरकारले गत अगस्ट १ देखि अक्टोबर ३१ सम्म लागू हुने गरी सुरु गरेको ३ महिने आममाफीको सुविधा लिन र यसको प्रक्रियामा सहभागी बन्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
यसका लागि नेपाली दूतावासले घुम्ती शिविर संचालन गरी सुविधा दिइरहेको नेपाली दूतावासका कार्यवाहक राजदूत सागरप्रसाद फुयालले बताएका छन् ।
हिजोआज विभिन्न इमिरेट्सबाट दैनिक ४० देखि ५० जनासम्म दूतावासको सम्पर्कमा आएर वैध बन्ने या घर फर्किने गरेको दूतावासका श्रम सहचरी मोतीराम भुसालले अनलाइनखबरलाई जानकारी दिएका छन् ।
अबैधानिक बनेका नेपाली कामदारको पासपोर्ट खोजी ,एकतर्फी यात्रा अनुमति पत्र वितरण तथा वैधानिक बनी बस्न चाहानेलाई नेपाली दूतावासले आवश्यक सहयोग गर्दै आएको छ ।
नेपाली दूतावास अबुधाबीले आफ्नो कार्यालयमा प्राप्त सूचना र पासपोर्ट नियमित क्रमश अध्यावधिक गराइने सूचना जारी गरेको छ ।
Comments
अरु समाचार
-
एम्बाप्पे चम्किँदा पीएसजीको सानदार जित, उपाधिका लागि अब एक जित आवश्यक
काठमाडाैँ । कप्तान केलियन एम्बाप्पे चम्किएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित हात पारेको छ...
-
फिलिपिन्समा चरम गर्मीका कारण छको मृत्यु
काठमाडौं । फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्ममा छ जनाको मृत्युसहित गर्मीसम्बन्धी...
-
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
काठमाडौं । अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकी बजारबाट बन्द गर्नुपर्ने...
-
कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता
काठमाडौं । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ...
-
मलेसियामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा १० को मृत्यु
काठमाडौं । मलेसियाको पेराक राज्यमा मङ्गलबार बिहान मलेसियाली सेनाको दुई वटा हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ ।...
-
अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुईको मृत्यु
काठमाडौं । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको...
-
माल्दिभ्स संसदीय चुनावमा मतदान सुरु
काठमाडौं । माल्दिभ्सको संसदीय निर्वाचनको मतदान आइतबार बिहान देशभर र विदेशका मतदान केन्द्रहरू खोलिएपछि सुरु भएको छ । संसदको ९३...
-
रफाहमा इजराइली आक्रमणमा अधिकांश बालबालिकासहित १३ को मृत्यु
काठमाडौं । दक्षिणी गाजा सहर रफाहमा रातभर भएको इजराइली आक्रमणमा नौ बालबालिकासहित १३ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका...
-
अमेरिकाले युक्रेनलाई ६१ अर्ब डलर राहात दिने
न्युयोर्क । अमेरिकी प्रतिनिधि सभाले युक्रेनलाई ६१ अर्ब डलर राहात प्याकेज दिने प्रस्ताव पारित गरेको छ । केही महिनाको ढिलाइपछि...