ताजा समाचार

गीत-यो झरीले सम्झाइरन्छ एउटा मिठो जीत

                 गीत

यो झरीले सम्झाइरन्छ एउटा मिठो जीत
कहिले होला पाउने अब पियारीको प्रित

सँगै बस्ने रहरले समाएथेँ हात
नछुटोस् है भन्ने गर्थेँ तिम्रो न्यानो साथ
बाध्यताको पर्खाल लाग्यो आज हामी बीच
परदेशमा सम्झि बस्छु पियारीको प्रित

धन भन्दा मन ठूलो भन्थेँ हिँजो सम्म
भोको पेटले माया भन्दा खोज्दो रैछ अन्न
सम्झनाको तरेलीमा बज्छ तिम्रै गीत
हरेक पल सम्झि बस्छु पियारीको प्रित

-केदार पनेरु

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org