ताजा समाचार

दीप‍िका-रणवीरको २० नोभेम्बरमा बिहे पक्का

काठमाडाैँ २, साउन ।  केही वर्षयता प्रेम सम्बन्धमा रहेका बलिउड नायक रणवीर सिंह र दीपिका पादुकोणको विवाह हुने चर्चा लामो समयदेखि चलिरहेको छ। अब भने उनीहरू विवाह बन्धनमा बाँधिने पक्का भएको छ।

यो ड्रिम वेड‍िङमा मात्र ३० जना पाहुना हुनेछन् । दीप‍िका-रणवीरभन्दा पहिला भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली र एक्ट्रेस अनुष्का शर्माले पनि इटालीमा विवाह गरेका थिए ।

दीप‍िकाको नजिकका व्यक्तिका अनुसार, उनलाई इटाली निकै मन परेको छ, यसैकारण एक्ट्रेसले डेस्ट‍िनेशन वेड‍िङ प्लान गरेकी हुन् । दीप‍िका(रणवीरको विवाहको मिति फाइनल भएसँगै दुवैलाई बधाई मिल्न सुरु भएको छ ।

इटालीमा बिहेपछि यो कपलले आफ्ना सबै साथीलाई मुम्बईमा ग्राण्ड र‍िसेप्शन दिनेछन् । दीपिका र रणवीरले कहिल्यै प्रेममा रहेको स्विकार गरेनन्, तर उनीहरु २०१३ देखि एकअर्कासँग डेट गरिरहेको बताइन्छ ।

यो जोडीले ुगोलियों की रासलीला रामलीला, बाजीराव मस्तानी र पद्मावतमा सँगै काम गरेका छन् । प्रेम र ब्रेकअपको खबरका बीच अन्ततः बलिउडको क्यूट जोडी रणवीर र दीपिका दुलहा-दुलही बन्ने पक्का भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org