ताजा समाचार

एसियन गेम्समा नेपालले आज ९ खेलमा प्रतिस्पर्धा गर्ने

काठमाडाैं ३, भदाै  । इण्डोनेसियामा जारी १८ औं संस्करणको एसियन गेम्समा नेपालले आइतबार ९ खेलमा प्रतिस्पर्धा गर्दैछ । नेपालले तेक्वान्दो, कुस्ती, फुटबल र ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्नेछ ।

यस्तै उसु, लन टेनिस, सुटिङ र सेपाकताक्रोमा समेत नेपालले आज प्रतिस्पर्धा गर्नेछ । आगामी भदौ १७ गतेसम्म हुने एसियन गेम्समा ४५ देशका ११ हजार ५ खेलाडीले विभिन्न स्पर्धामा सहभागिता जनाउने छन् ।

जसमा  ४० खेलका ४२० स्पर्धामा प्रतिस्पर्धा हुनेछ । नेपालले सहभागिता जनाउने २९ खेल मध्ये २३ खेल जकार्ता र बाँकी ६ खेल पालेमबाङमा हुनेछ ।

नेपालबाट २९ खेलमा खेलाडी, प्रशिक्षक, व्यवस्थापक, अफिसियल गरी कुल २ सय ८५ जनाको सहभागिता रहेको छ । नेपालबाट १ सय ८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यवस्थापक २४, अफिसियल २७ र १ दोभाषे इन्डोनेसिया गएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org