ताजा समाचार

ला लिगामा रियल मड्रिड वियजी, शिल्भाको ह्याट्रिकमा सेभियाको जित

स्पानिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड, सेभिया र नवप्रवेशी हुएस्का विजयी भएका छन्।

क्रिस्टियानो रोनाल्डोले क्लब छाडेपछिको पहिलो लिग खेलमा रियलले गेटाफेलाई २-० ले हरायो। घरेलु मैदान सान्टियागो वर्नावेउमा रियलका लागि गारेथ बेल र ड्यानी कार्भाजलले एक-एक गोल गरे।

यसै सिजन मात्र एसी मिलानबाट लोनमा स्पेन पुगेका पोर्चुगिज खेलाडी आन्द्रे शिल्भाले ह्याट्रिक गरेपछि सेभियाले रायो भालेकानोमाथि ४-१ को सहज जित हात पारेको छ। सेभियाको लागि फ्रान्को भजक्वेजले अर्को गोल गरे। भलेकानोका लागि एड्रिएन एमबार्बाले सान्त्वना गोल फर्काए।

यस्तै एलेक्स गालरले दुई गोलगरेपछि हुएस्काले आइबरलाई २-१ ले हराउँदै ३ अंक जोडेको छ। आइबरका लागि गोन्जालो एस्कालान्टेले एक गोल गरे

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org