ताजा समाचार

फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन सरकारलाई निर्देशन

काठमाडाैं ४, भदाै । फेसबुक र ट्वीटरलगायतका सामाजिक सञ्जालमार्फत आर्थिक कारोबार भइरहेको भन्दै करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिइएको छ।

संघीय संसदको तल्लो सदन प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल सरकारलाई उक्त निर्देशन दिएको छ।
आज बसेको समितिको बैठकबाट सरकारलाई दिइएको निर्देशनमा भनिएको छ,‘फेसबुक र ट्वीटरलगायतबाट करोडौं रुपैंयाबाहिर गइरहेकोले उक्त पैसालाई करको दायरामा ल्याउन निर्देश दिइएको छ।’

इन्टरनेसनल टेलिकमले उपलब्ध गराएको स्पेस, रोयल्टी सम्बन्धी समस्या समाधानका विषयमा समितिलाई जानकारी गराउन सूचना तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिइएको छ।

दुरसञ्चार विकास कोषको उपलब्धी, ‘फोर जी’ बारेको उपलब्धी, विधुती कारोबार ऐनको कार्यन्वयन, बक्स अफिसको अवस्था बारे जानकारी गराउन सञ्चार मन्त्रालयलाई समितिले निर्देशन दिइएको छ।

आजको बैठकमा सञ्चारमन्त्री गोकुल प्रसाद बासकोटाले मन्त्रालयको योजना र विवरणहरु प्रस्तुत गरेका थिए। उक्त विवरणमा नेपाल टेलिकममा नयाँ साझेदार ल्याउन लागिएको जनाइएको छ।

त्यसैगरी हुलाक बैंकको कार्यलाई पनि अगाडि बढाउने लगायतका योजनाहरु देखाइएको छ।

बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाव दिदै मन्त्री बास्कोटाले सञ्चार क्षेत्रलाई नियमन गर्न साइबर कानून बनी रहेको जानकारी दिएका थिए। नेपाल टेलिभिजनलाई सातवटै प्रदेशमा विस्तारको कार्य भइरहेको, ६ महिनाभित्र देशभरी ७६८ वटा नेपाल टेलिकमको टावर लाग्ने र क्लिन फिडका विषयमा कानुन बनिरहेको जानकारी दिएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org