ताजा समाचार

१५ लाख लुटिएको भन्दै प्रहरी झुक्याउने पक्राउ

काठमाडाैं ४, भदाै ।   १५ लाख रुपैयाँ लुटिएको भन्दै प्रहरीलाई झुक्याउने एक व्यक्ति पक्राउ परेका छन् ।

स्वयम्भुको जंगलमा खुकुरी देखाएर १५ लाख लुटेको भनेर प्रहरीलाई झुटो जानकारी दिने अस्कर अलीलाई प्रहरीले पक्राउ गरेको हो ।

 

उनले भदौ ३ गते दिउँसो २ बजे न्युरोडको बज्रयोगिनी बहुउद्देश्यीय सहकारी संस्थाबाट १५ लाख रुपैयाँ झिकेर आफ्नो पसलतर्फ आउँदै गर्दा केही व्यक्तिले धारिलो हतियार देखाएर स्वयम्भुको जंगलमा लगेर लुटेको जानकारी प्रहरीलाई दिएका थिए ।

त्यसपछि महानगरीय प्रहरी वृत्त लैनचौर र महानगरीय प्रहरी परिसरको टोलीले अलीलाई सम्पर्क गरी अनुसन्धान गर्दा उनले उक्त रकम आफैले पकनाजोलस्थित राजेश श्रेष्ठको घरमा लुकाएको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीले अनुसन्धानका क्रममा अलीले उक्त रकम राजेश श्रेष्ठको घरको भर्‍याङमुनी लुकाएका थिए । उनले लुकाएको झोलामा १५ लाख ३१ हजार ८ सय रुपैयाँ र केही चिनियाँ युआन भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।

नाटकीय रुपमा पीडित बनेका अलीलाई पक्राउ गरी स्रोत नखुलेको उक्त रकमबारे अनुसन्धानका लागि लागी सम्पत्ति शुद्दिकरण अनुसन्धान विभाग पठाउने प्रहरीले बताएको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org