ताजा समाचार

चितवनमा २ किशोरि सामुहिक बलात्कृत

चितवन ४। भदाै । चितवनमा दुई किशोरी सामुहिक बलात्कृत भएको घटना सार्वजनिक भएको छ । दुर्इ छुट्टाछु्ट्टै घटनाका अारोपी ७ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्यूठान जिल्ला घर भइ भरतपुर ११ मा बस्दै १७ वर्षे किशोरीलाई गत साउन ३० गते सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नवलपुर गैंडाकोट नगरपालिका-४ का २१ वर्षे युवराज सारुमगर, सोही नगरपालिका वडा नः २ का १९ वर्षीय सैन्थिल धिमाल, भरतपुर महानगरपालिका वडा नः ११ का २० वर्षीय आकाश थापा, महानगरपालिका वडा नः २९ का ३५ वर्षीय अर्जुन वि.क र अर्का १७ वर्षीय बालक छन् ।

घटना साउन ३० गतेको भएपनि पीडितका आफन्तले भदौं १ गतेमात्र प्रहरीमा जाहेरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले युवाहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ परेकाहरु भरतपुरको एक पानी उद्योगमा काम गर्ने युवक रहेको र उनीहरुले मादकपदार्थ सेवन गरी किशोरीलाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी शिव शर्मा आचार्यले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धान र जाहेरी हेर्दा पाँच युवाको संलग्नता देखिएपनि थप जानकारी अनुसन्धानपछि मात्र हुने उनले बताए ।

घटनाबारे अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । किशोरीको स्वास्थ्य परीक्षणका लागि भरतपुर अस्पतालमा पठाइएको छ । तर, रिर्पोट भने आइनसकेको प्रहरीले जनाएको छ ।

माडीमा अर्की किशोरी बलात्कृत

चितवनकै माडी नगरपालिकामा १५ वर्षीय एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।

किशोरीलाई बलात्कार गरेको भन्दैं दुईजना युवकलाई प्रहरीले भदौं १ गते गिरˆतार गरेको छ ।

बलात्कारको आरोपमा पक्राउ पर्नेमा माडी नगरपालिका-३ का २३ वर्षे रामप्रताप महतो र सोही स्थानका २४ वर्षका नवराज महतो रहेछन् ।

घरतर्फ जाँदै गरेकी किशोरीलाई मोटरसाइकलमा आएका दुईजना युवाले घर पुर्‍याइदिने भन्दैं एकान्त स्थानमा लगेर बलत्कार गरेको प्रहरीले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org