ताजा समाचार

७ जना हतियार कारोबारी तिनकुनेबाट पेस्तोल सहित पक्राउ

काठमाडाैं ४, भदाै । राजधानीको तीनकुनेस्थित एक रेष्टुरेण्टबाट एक थान पेस्तोल सहित सात जना हतियार कारोबारी पक्राउ परेका छन् ।

‘एक पेस्तोल सहित सात जनालाई पक्राउ गरेका छौं’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले भने, ‘पक्राउ परेकाहरु बारे थप अनुसन्धान भइरहेको छ ।’

तिनकुने स्थित ए–वान क्याफेबाट पक्राउ परेका हतियार कारोबारीको साथबाट प्रहरीले एक थान पेस्तोल, सोही पेस्तोलको म्यागेजिन र चार राउण्ड गोली बरामद गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org