निर्मलाको बलात्कारपछि हत्या गरे,साइकलको चेन बनाइदिने दिलिप सिंहले
भिनाजु मारेर ९ वर्ष जेल बसेका दिलिपबाट निर्मलाको हत्या
काठमाडाैं ५, भदाै । गत साउन १० गते १३ वर्षीया निर्मला खाना खाएर घरबाट आफ्नै कक्षाकी साथी आँचल बमको घरमा सँगै पढ्नको लागि निस्किएकी थिइन्। आँचलको घर उनको घरभन्दा करिब २ किलोमिटरको दूरीमा पर्छ।
साथीको घरमा करिब ३ घण्टा जति पढेर उनी घर फर्किएकी थिइन्। दिउँसो ३ बजे निर्मला साथीको घरबाट निस्किएकी थिइन्। साइकलमा १० देखि १५ मिनेटको दुरीमा रहेको घरमा निर्मला साँझ पर्दासम्म पुगिनन्। साँझसम्म पनि छोरी घर नआएपछि परिवारका सदस्यमा बैचैनी भयो। उनका साथीभाइ, छरछिमेक र आफन्तकोमा खबर भयो। निर्मला कतै भेटिइनन्।
घर परिवारमा हल्ला हुँदा निर्मलाको बलात्कारपछि हत्या भइसकेको थियो।
साथीको घरबाट फर्कने क्रममा निर्मलाको साइकलको चेन बिग्रियो। उनी चेन बनाउन लागिन्। त्यतिकैमा ४१ वर्षीय दिलिप सिंह विष्ट आइपुगे। विष्टले निर्मलाको साइकलको चेन बनाउन लागे। उनले पहिले कहिले विष्टलाई देखेकी थिइनन्। विष्टले देउताको होइन दानव रुप देखाए।
एकान्तको फाइदा उठाउँदै उनले निर्मलालाई बलात्कार गरे। विष्टको कुकर्म यतिमै रोकिएन। उनले निर्मलाको घाँटी थिची हत्या गरे। सोमबार कञ्चनपुर जिल्ला प्रहरीले पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी गराएको डिएसपी ज्ञानबहादुर सेतीले बताए।
छोरी नभेटिएपछि बालिका हराएको भन्दै परिवारले प्रहरीमा उजुरी गर्यो। त्यो रात परिवारको लागि सकसमा नै बित्यो। बिहानदेखि नै प्रहरी खोजीमा जुट्यो। बिहानै एउटा दुःखद खबर बन्यो। निर्मलाको शव घरभन्दा केही पर रहेको उखुबारीमा भेटिएको थियो।
उनको शरीरमा चोट लागेको थियो। शरीर अर्धनग्न अवस्थामा थियो।
विष्ट जेल परेर छुटेका व्यक्ति समेत हुन्। दश वर्ष अगाडि आफ्नै भिनाजुको हत्या गरेको अभियोगमा उनले जेल सजाय भोगेका थिए।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...