ताजा समाचार

प्रधानमन्त्री ओलीको घरघरमा ग्यास पाईप लाइनको सपना साकार, उद्घाटन गर्न विराटनगर जाँदै

विराटनगर ५,भदाै । प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) गोबर ग्यासको उद्घाटन गर्न विराटनगर जाँदै छन् ।

विराटनगर उपमहानगरपालिका-१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरी उत्पादन गरिएको वायोग्यासको आज (मंगलबार) उद्घाटन गर्न लागिएको हो ।

तत्कालीन जिल्ला विकास समितिअन्तर्गत वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले गौशालामा ८४ लाखमा ग्यास उत्पादन गरेको हो । उक्त ग्यास पहिलो चरणमा स्थानीयका ३५ घरमा जडान गरिएको छ ।

ग्यास उत्पादनका लागि गौशाला परिसरमा तीन सय घनमिटर प्लान्ट जडान गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org