ताजा समाचार

प्रधानमन्त्रीज्यू, प्रदेश सभा डुलेर रमाइलो र रोइलो छाड्नुस् ,काम गर्नुस्: गगन थापा

काठमाडाैं ५, भदाै ।   नेपाली कांग्रेसका सांसद गगन थापाले स्थानीय प्राकृतिक स्रोत तथा वित्त आयोगमा नियुक्ती नगरिएकोमा आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको बैठकमा थापाले प्रधानमन्त्री ओलीको अरूचीले संघीय प्रणालीको भविष्य अन्यौलमा परेको बताए।

‘प्रधानमन्त्रीको संघीयताको अरूचीले संघीय प्रणालीको भविष्यमा अन्यौल श्रृजना भएको छ’, थापाले भने, ‘उदाहरण हो करको कोलाहाल।’

उनले संविधानले प्राकृतिक स्रोत तथा वित्त आयोगको व्यवस्था गरेको तर नियुक्ती नभएकोमा आश्चर्य प्रकट गरे।

‘यो आयोगमा नियुक्ती किन नगरेको’, थापाले सोधे, ‘तत्काल नियुक्ती गरेर ऐनको त्रुटी सच्याएर नियमावली बनाएर नियम अनुसार काम अगाडि बढाउनुपर्नेमा कर्मचारीको आदेशमा समस्या समाधान खोज्दै छ।’

थापाले स्थानीय सरकार सञ्चालन ऐनले कुन कुन क्षेत्रमा कर लगाउने भनेर स्पष्ट पारे पनि नियमावली नबनेका कारण थ्रुपै समस्या भएको बताए। ‘खै नियमावली खै? नियमावली मात्र बनेको भए अहिलेको थुप्रै समस्या आउँदै आउँदैनथ्यो’, थापाले भने, ‘कर के मा लगाउने ऐनले भन्थ्यो कर कसरी लगाउने नियमले भन्थ्यो। तर, जिम्मेवारी बोकेर बस्नुभएका मन्त्रीजी दिनमा दुई पटक कर्मचारीलाई निर्देशन दिनुहुन्छ। जिम्मा लिएको सचिव दिनमा दुई पटक सांसदलाई निर्देशन दिन थाल्नुभएको छ।’

प्रधानमन्त्रीले बोलाएर नियमावली नबनाएको विषयमा सचिवलाई सोध्नुपर्ने तर्क थापाले गरे।

उनले केन्द्रमा बढी राजश्व उठाउने सबैभन्दा सफल अर्थ मन्त्रीको मानक बनेकै कारण स्थानीय सरकारले त्यही सिकेको बताए।

‘प्रधानमन्त्रीलाई आग्रह गर्छु प्रदेश सभा डुलेर उपदेश दिन छाड्नुस्। अन्तर्वातामा रमाइलो र रोइलो छाड्नुस्। प्रधानमन्त्रीज्यू गर्नुपर्ने काम गर्नुस्।’

उनले संघीयता असफल भए प्रधानमन्त्री सफल नहुने दाबी गरे।

‘यति मात्र बुझिदिए पुग्छ, संघीयता असफल भए प्रधानमन्त्री सफल बन्नुहुन्न’, थापाले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org