ताजा समाचार

निर्मला हत्याकाण्डबारे छानबिन समिति बन्छ:गृहमन्त्री थापा

काठमाडौं ७,भदाै । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय किशोरी निर्मला पन्त प्रकरणको छानबिन गर्न समिति गठन गर्ने बताएका छन् । प्रदेश नम्बर ७ का नेकपाका सांसद तथा प्रतिनिधीहरुको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले निर्मला हत्याकाण्डबारे सरकार गम्भीर रहेको बताएका हुन् ।

प्रदेश नम्बर ७ का नेकपाका नेता तथा सांसदहरु लेखराज भट्ट, निरुदेवी पाल, दीपकप्रकाश भट्ट, नरबहादुर धामी लगायतको टोली बिहीबार (आज) गृह मन्त्रालय पुगेको थियो । टोलीले निर्मला हत्याकाण्डमा संग्लन भनिएका अभियुक्त दिलिप सिंह विष्टप्रति नागरिक विश्वस्त हुन नसकेको समेत जानकारी गराएको छ ।

टोलीले उच्चस्तरीय आयोग गठन गरिनुपर्ने, घटनाको सत्यतथ्य पत्ता लगाई दोषीमाथि कारबाही गरिनुपर्ने, पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने, आन्दोलनका घाइतेको उपचार राज्यले गर्नुपर्ने, शान्तिपूर्ण आन्दोलनमा प्रशासनको हस्तक्षेप रोकिनुपर्ने र कञ्चनपुर घटनाबारे गृह मन्त्रालयले आधिकारीक धारणा सार्वजनिक गर्नुपर्ने माग गरेको छ । कञ्चनपुर घटनाबारे आफू गम्भीर रहेको गृहमन्त्री थापाले बताएको उनका प्रेस सल्लाहकार किरण भट्टराईले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org