ताजा समाचार

निर्मला हत्या प्रकरणः गृहमन्त्रीले भनेका दुईजना कहाँ हराए ?

काठमाडौं ८,भदाै । भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको मुख्य अभियुक्तको रुपमा दिलीप बिष्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गर्यो । तर प्रहरीले वास्तविक दोषीलाई लुकाएर सुस्त मनस्थिति भएका (घटनामा निर्दोष) बिष्टलाई पक्राउ गरिएको भन्दै मृतक बालिकाका परिवार, आफन्त तथा स्थानीय आन्दोलित छन् ।

दिलीप विष्ट पक्राउ पर्नु १८ दिनअघि १७ साउनमा संसद्मा उभिएर गृहमन्त्री रामबहादुर थापा बादलले बलात्कारमा संलग्न दुईजनालाई पक्राउ गरिएको दाबी गरेका थिए ।

तर, ती दुईजना को हुन् र कहाँ छन् भन्ने अहिलेसम्म जानकारी छैन

एउटी बालिकाको बलात्कार र हत्याको विषयमा संसद्लाई दिएको विवरण किन सत्य साबित हुन सकेन भन्ने विषयमा बुझ्न गृहमन्त्रीले समेत आवश्यक ठानेका छैनन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org