ताजा समाचार

सल्यानमा बाढिले माइक्रो बस बगायो

सल्यान ८,भदाैं । छिन्चु-जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड खोलाको बाढीले माइक्रो बस बगाएको छ । खोला पार गर्दागर्दै बाढीले गाडी बगाउन थालेपछि यात्रुहरुले हाम फालेर ज्यान जोगाएका छन् ।

जाजरकोटबाट नेपालगञ्जका लागि छुटेको हाइस माइक्रो बस बिहीबार बाढीमा बगेको हो । यात्रुहरुले हाम फालेर ज्यान जोगाए पनि उनीहरुका झोला लगायतका सामान भने बगेको छ । ढुंगामा अड्किएको गाडीलाई डोजरको सहायताले निकालिएको थियो ।

उक्त खोलामा निर्माणाधीन पक्की पुल यसअघि नै खोलाले बगाइसकेको छ । समयमै पुल निर्माणको काम नसकिँदा बाढीले बगाएको स्थानीय बताउँछन् । लामा कन्सट्रक्स कम्पनीले पुल निर्माणको जिम्मा पाएको छ ।

पुल नभएपछि वर्षायाममा आवतजावत गर्न समस्या परेको छ । कतिपयले पैदलयात्रु र गाडीहरुले जोखिम मोलेरै बाढी तर्ने गर्दछन् ।

खोलामा आएको बाढी नघट्दासम्म गाडीहरु रोकिनुपर्दा यात्रुहरु बाटोमै अलपत्र पर्दछन् ।

छिन्चु-जाजरकोट सडकखण्डमा पर्ने बनगाड खोला तरेर सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा, रुकुम लगायतका जिल्लामा दैनिक हजारौं व्यक्तिहरु आवतजावत गर्दछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org