ताजा समाचार

बलात्कारविरूद्धको संकल्प प्रस्तावमा प्रतिनिधि सभामा छलफल सुरू(LIVE)

काठमाडाैं ८,भदाै ।बलात्कारविरूद्धको संकल्प प्रस्तावमा प्रतिनिधि सभामा छलफल सुरू भएको छ।

बिहीबारको बैठकमा नेकपाकी सांसद पाण्डेले संकल्प प्रस्ताव प्रस्तुत गरेकी हुन्।

‘यी अपराधपूर्ण घटना यो वा त्यो सरकारको पालामा भएका पनि हैनन। हिंसामुक्त समाजको प्रयास हामी जनप्रतिनिधिले नै दिनुपर्छ। जबरजस्ती करणीका अपराधीलाई बाँच्ने अधिकार रहनु हुदैँन भन्ने माग छ। तर संविधानअनुसार यसो गर्न मिल्दैन तर जघन्य अपराधी बाञ्चुञ्जेल कारावासको व्यवस्था गरियोस्,’ पाण्डेले भनिन्।

छलफलमा बोल्दै कांग्रेस सांसद पुष्पा भुषालले संविधान र कानुनमा महिला हिंसा अन्त्य गर्ने कुरा लेखे पनि पितृसत्तात्मक समाजका कारण महिलामाथिको हिंसा नरोकिएको बताइन्।

‘महिलामाथि हिंसा जारी रहनुको पहिल पहिलो कारण पितृसत्त्तात्मक समाज हो। विभेद र अभावका कारण महिलामाथि हिंसाका हुन्छ। शक्तिको दुरूपयोगले पनि यस्ता घटना हुन्छन्,’ भुषालले भनिन्, ‘राजनीतिकरणका नाममा ढाकछोप गर्दै जाने अवस्था पनि छ।’

सांसद रेखा शर्माले संविधानको प्रस्तावनादेखि मौलिक हकमा महिलाको हकको व्यवस्था गरे पनि व्यवहारमा लागू हुन नसकेको बताए। ‘यो दोष लगाएर उम्कने विषय होइन। संकल्प गरौं सामाजिक सांस्कृति विकृती अन्त्य गरौं,’ शर्माले भनिन्।

अर्की सांसद दुर्गा पौडेलले पीडित महिलालाई पीडितबाट दिने क्षतिपूर्ति सरकारले लिनु पर्ने र आजीवन क्षतिपूर्ति दिने व्यवस्था मिलाउन माग गरिन्।

प्रस्तावमाथि सांसदहरूले बोल्ने क्रम जारी छ।

नेपाल कम्युनिष्ट पार्टीकी सांसद विन्दा पाण्डे प्रस्तावक र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित २८ जना समर्थकले असार २१ गते प्रस्ताव संसदमा दर्ता गरेका थिए।  संकल्प प्रस्ताव ३२ गते संसदको सम्भावित कार्यसूचीमा परेपनि छलफल हुन सकेको थिएन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org