ताजा समाचार

फोटो कथा

रमेश दवाडी/फोटोग्राफीमा विशेष चासो भएकोले म जुनसुकै अवस्थामा पनि म फोटो खिच्न उत्सुक हुन्छु । राम्रो र विशेष क्षणको फोटो खिच्न फोटोग्राफरहरू सधैं लागि पर्दछन् । म मिडियाकर्मी पनि भएको नाताले मैले समाचारमूलक फोटोलाई विशेष ध्यान दिन्छु । भनिन्छ–‘एउटा फोटोले हजारौं शब्द बोल्छ ।’ फोटोको क्षमतामा जति शब्द खर्चे पनि कमै होलान् ।
प्रस्तुत तस्बिरको आफ्नै कथा छ । तस्बिर हेर्दा पनि प्रस्ट हुन्छ । मैले यो तस्बिर बागमती नदीमा खिचेको हुँ । जुनसुकै अवस्थामा पनि क्यामेरा लिएर हिड्ने बानीले कहिलेकाहीं यस किसिमका तस्बिर खिच्न पनि मौका मिल्छ । फोटोग्राफर या फोटोपत्रकारलाई चुनौती भनेकै कस्तो क्षणको फोटो कुन कोणबाट खिच्ने भन्ने हो । लेन्स, प्रकाश, लोकेशन सबै मिलेको अवस्थामा फोटो राम्रो आउँछ । तर, प्रस्तुत तस्बिरजस्तो खिच्न भने सधैं कठिन हुन्छ ।

बागमतीमा गर्मी छल्न चार बालबालिका पौडी खेल्दै थिए । अपरान्ह चार बजेको समय थियो । पशुपति आउने मानिसहरू वरपर घुम्दै तिनै बालकहरू पौडी खेलेको हेरिरहेका थिए । मौसम सफा थियो । बर्खायामको बागमती नबढ्ने कुरै भएन । बढेको अवस्थामा पनि पौडी खेल्नु आफैमा जोखिम हुन्छ । पौडी खेल्नै गरेको अवस्थामा यी बालकलाई भने बागमतीले बगायो । ब्रह्मनलबाट बगायो । हेदै गर्दा यी बालक पौडिन सकेनन् र अन्ततः डुबे । उनले डुब्नै लाग्दा मैले फोटो खिच्न पनि भ्याएछु । बगाएर भष्मेश्वर घाटसम्म पु¥याएपछि सबै उद्धारमा लागे तिनै पौडी खेलेको हेर्ने मान्छेहरू । त्यस अवस्थामा मैले पनि फोटो खिच्नभन्दा मानवीय संवेदनाका कारण बचाउनतिर लागियो । उद्धारपछि बालक प्राथमिक उपचारपछि बाँचे । प्रस्तुत तस्बिर क्यानोन १३०० डी बाट खिचिएको हो ।

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org