ताजा समाचार

घर भत्किँदा सल्यानमा एकै परिवारका ५ जनाको मृत्यु

सल्यान १३,भदाै ।    प्रदेश नं ६ अन्तर्गत  सल्यानमा घर भत्किँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने एक जना बालिका घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख एवम् डिएसपी दिलेन्द्रबहादुर शाहीले दिएको जानकारी अनुसार मंगलबार राति साढे ९ बजेतिर बागचौर नगरपालिका वडा नं. ४ मा घर भत्किदा ४० बर्षीय रामसिंह कामीको परिवार र तीन छोरा–छोरीको मृत्यु भएको हो।

शाहीले न्युज-नेपाललाई दिएको जानकारी अनुसार सुतिरहेको समयमा घर भत्किँदा ४० वर्षीय कामी, उनकी ३५ वर्षीया पत्नी रामकली कामी, सात वर्षीय छोरी गंगा , ६ वर्षीया अर्की छोरी प्रमिला र ४ बर्षीय छोरा रुपलालको मृत्यु भएको हो।

उक्त घटनामा परि ११ वर्षीया सुनिता विक भने घाईते भएकी छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।

प्रहरीका अनुसार घटनास्थल बागचौर नगरपालिका वडा नं.७ सेती गुराँस सिमखोलीबाट अन्दाजी ७ किलोमिटरको दूरीमा पर्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org