ताजा समाचार

श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना काठमाडाैमा ओर्लिए(हेर्नुहोस ५ तस्विर)

काठमाडाैं १३,भदाै ।श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेना बुधबार दिउँसो काठमाडौं आइपुगेका छन्।

भोलिदेखि हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन उनी आज दिउँसो काठमाडौं ओर्लिएका  हुन्।

सिरिसेनालाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन्।

दुई दिने सम्मेलन भोलिदेखि सोल्टी होटलमा सुरू हुँदैछ। सम्मेलनमा भाग लिन यसअघि म्यानमारका राष्ट्रपति र भुटानका प्रधानन्यायाधीश काठमाडौं आइसकेका छन्।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना भोलि बिहान काठमाडौं आउने कार्यक्रम छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org