ताजा समाचार

प्रधानमन्त्री ओली र भुटानी सरकारप्रमुखबीच भेटवार्ता

काठमाडाैं १३,भदाै ।    प्रधानमन्त्री केपी शर्मा ओली र भु्टानका अन्तरिम चुनावी सरकारका प्रमुख सल्लाहकार दासु छिरिङ वाङचुकबीच भेटवार्ता भएको छ । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन आएका वाङचुकले बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन् ।

भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार वाङचुक बुधबार विहान काठमाडौं आएका थिए । भुटानका प्रधानन्यायाधीशसमेत रहेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org