ताजा समाचार

दुई घण्टादेखि सडक अवरुद्ध ,भारतीय प्रधानमन्त्री मोदी काठमाडौं आउँदै

काठमाडौं  १४,भदाै ।  बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) शिखर सम्मेलन २०१८ को उद्घाटन आज (बिहिबार) हुँदैछ ।

सम्मेलनमा सहभभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्याण्का पधानमन्त्री हाज बिहान काठमाडौं आउनेछन् । त्यसैले बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल देखि सोल्टीमोडसम्मको सडक केही समय अवरुद्ध हुने भएको छ ।

बिहान ७:४५ दखि १० बजे सम्म त्यस क्षेत्रमा यातायात अवरुद्ध हुने बताइएको छ ।

त्यस्तै, कोटेश्वर, तीनकुने, मीनभवन नयाँबानेश्वर, बबरमहल माइतीघर मण्डला, थापाथली, त्रिपुरेश्वर, टेकु सोल्टीमोड सडक अवरुद्ध हुने ट्राफिक महाशाखाले  जानकारी दिएको छ ।

बिम्स्टेक सम्मलेनको उद्घाटनपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग सहभागी राष्ट्रका प्रमुख तथा सरकार प्रमुखहरुको शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org