ताजा समाचार

सन्दीपले कप्तान मुस्तफाको विकेट लिए,नेपाललाई दोस्रो सफलता

काठमाडाैं १४, भदाै ।  एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईको दोस्रो विकेट लिएको छ ।

नेपालले १३.१ ओभरमा युएईका दोस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गराउन सफल भए । १४ ओभरको खेल चलिरहदा युएईको २ विकेटको क्षतिमा ७७ रन भएको छ ।
यसअघि नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट लिएका थिए । बसन्तले अश्फाक अहमदलाई ४५ रनमा एल्बिडब्लु आउट गराएका थिए ।

अहिले क्रिजमा चिराग सुरी २१ र रमिज शाहजाद ४ रनमा खेलिरहेका छन् ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा जारी खेलमा नेपाल जितको खोजिमा रहेको छ । नेपालका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । युएईलाई पराजित गर्न सके नेपालको लागि आगामी यात्रा सहज हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org