ताजा समाचार

सन्दीपको कमाल,युएईले नेपाललाई दियो २५५ रनको लक्ष्य

काठमाडाैंँ १४,भदाै ।  एसिया कप छनोट क्रिकेटमा युएईले नेपाललाई २५५ रनको चुनौती दिएको छ । नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २५४ रन बनायो ।

युएईले सुरुवात उत्कृष्ट रहृयो । ओपनरद्वय अश्फाक अहमद र चिराग सुरीले पहिलो विकेटका लागि ७० रनको साझेदारी गरे । यो साझेदारी तोड्न नेपाली बलरहरुलाई निकै कस पर्‍यो ।

तर, १२.१ ओभरमा बसन्त रेग्मीले युएईका अश्फाक अहमदलाई ४५ रनमा एलबीडब्लू धरापमा पारे । अर्को ओभरको पहिलो बलमै सन्दीप लामिछानेले कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गरे ।

तर, क्रिजमा टिकिरहेका सुरीले तेस्रो विकेटका लागि रमिज शाहजादले ६६ रनको साझेदारी गर्दै यूएईको पारी उकाले । सुरी ६५ र शाहजाद ३५ रनमा आउट भए । यद्यपि सातौं नम्बरमा ब्याटिङ गर्न आएका अद्नान मुफ्तीले अविजित ५७ रनको पारी खेलेपछि यूएईले सम्मानजनक स्कोर बनायो ।

चम्किए सन्दीप

यूएईविरुद्ध पूरै १० ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए ।

आफ्नो अन्तिम ओभरमा २ विकेट लिएका उनी हृयाटि्रकबाट भने चुके । सन्दीपले ४४.४ ओभरमा अब्दुल शाकोरलाई १० रनमा आउट गराएका थिए । त्यस्तै, ४४.५ बलमा अर्को विकेटको रुपमा मोहम्मद नभिदलाई शुन्य रनमा आउट गराउँदै एकै ओभरमा २ विकेट पूरा गरे ।

यसअघि सन्दीपले युएईका कप्तान रोहन मुस्तफा र शैमन अन्वारको महत्वपूर्ण विकेट लिएका थिए ।

नेपालका लागि बसन्त रेग्मी र सोमपाल कामीले समान २-२ विकेट लिए । बसन्तले १० ओभर बलिङ गर्दै ४९ रन खर्चेर २ विकेट लिए । सोमपालले १० ओभर बलिङ गर्दै ५८ रन खर्चेर २ विकेट लिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org