ताजा समाचार

प्रधानमन्त्री ओली र बंगलादेशकी समकक्षी हसिनाबीच भेटवार्ता

काठमाडाैँ १४,भदाै । प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ। बिमस्टेक सम्मेलनमा सहभागी हुन हसिना नेपाल आइपुगेकी हुन्।

नेपाल आइपुगे लगत्तै ओली र हसिनाबीच भेटवार्ता भएको हो। भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्री ओलीले ट्विटमार्फत् जानकारी दिएका छन्।

बंगलादेश निर्वाचनको संघारमा भएका कारण हसिना भोलि नै ढाका फर्कदै छिन्। हसिनाले बिमस्टेक सम्मेलनमा सहभागी हुन नसक्ने जनाए पनि ओलीले विशेष आग्रहसहित आमन्त्रण गरेका थिए।

राजधानीको होटल सोल्टीमा प्रधानमन्त्री ओलीले विभिन्न राष्ट्रप्रमुख र सरकार प्रमुखहरूसँग साइडलाइन वार्ता गरिरहेका छन्। यसअघि ओलीले बुधबार भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार दासु छिरिङ र म्यानमारका राष्ट्रपति विन मिन्टसँग पनि भेटवार्ता गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org