ताजा समाचार

राष्ट्रपतिसँग भीभीआईपीद्वारा शीतल निवासमा सामूहिक भेट

काठमाडौं १४,भदाै। राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा अाेलीसहित विमस्टेक बैठकमा सहभागि हुन आएका विदेशी भीभीअाईपी पाहुनाहरुले सामूहिक भेटवार्ता गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहिबार मध्यान्ह सो सामूहिक भेटवार्ता भएको हो ।

भेटमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ

वाङचुक, म्यान्माका राष्ट्रपति विन मिन्त, श्रीलङकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चा सहभागि रहेको परराष्ट्र मन्त्रालालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org