ताजा समाचार

प्रधानमन्त्रीको निर्देशनः ५० दिनमा पनि पुरिएनन् खाल्डाखुल्डी

काठमाडौं  १४,भदाै । प्रधानमन्मत्री केपी शर्मा ओलीले उपत्यका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएको ५० दिन बित्दा पनि चाबहिल-जोरपाटी सडकखण्डका खाल्डाखुल्डी नपुरएिको समाचार आजको नागरिक दैनिकको काष्ठमण्डप पृष्ठमा छापिएको छ ।

प्रधानमन्त्रीले असार २७ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिव, सडक विभागका प्रमुखलाई कार्यालयमा बोलाएर कंलकी-थानकोट, चाबहिल-जोरपाटी-बौद्ध सडक तत्काल स्तरोन्नतिसहित कालोपत्रे गर्न निर्देशन दिएका थिए ।

तर, अझै स-साना खाल्डाखुल्डी यथावत रहेको र पानी जमेको भेटिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

साथै विज्ञप्तिमा विद्युत र टेलिफोनका पोल तथा तार हटाउने कार्य प्रतिवद्धता जनाएअनुसार नभएको उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org