ताजा समाचार

रक्सौल–काठमाण्डौं रेलमार्ग सर्वेक्षण सहमति

काठमाडाैँ १५,भदाै ।    प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। बिमस्टेक सम्मेलनमा सहभागी हुन आएका मोदी र ओलीबीच होटल सोल्टीमा भेटवार्ता भएको हो।

ओली र मोदीबीच यो वर्षमै तेस्रोपटक भेट भएको हो। प्रधानमन्त्री भए लगत्तै ओली भारत गएका थिए। लगत्तै भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गरेका थिए। नयाँ सरकार बनेपछि दुई राष्ट्रका प्रधानमन्त्रीले तेस्रोपटक द्विपक्षी भेटवार्ता गरेका हुन्।

भेटमा द्विपक्षीय सम्बन्धका आयामहरुमा समिक्षा भएको भारतीय विदेशमन्त्रालयका प्रवक्ताले ट्विट मार्फत जानकारी दिएका छन्।

दुई मुलुकका प्रधानमन्त्रीको उपस्थितिमा रक्सौल-काठमाडौँ रेल सञ्चालनको इन्जिनियरिङ अध्ययन गर्ने समझदारीमा समेत हस्ताक्षर भएको छ। इन्जिनियरिङसँगै ट्राफिकको विषय समेत अध्ययन गर्ने सम्झौतामा उल्लेख छ। साथै रेल ‘ब्रोडगेज’ रेल सञ्चालनको सम्भाव्यता अध्ययन हुने सम्झौतामा उल्लेख छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org