ताजा समाचार

नेपाल र मलेसियाबीचको खेलमा वर्षा बाधक, केही ढिलो गरी शुरु हुने

काठमाडाैँ १६,भदाै । एसिया कप छनोटको शीर्ष २ भित्र पर्नका लागि मलेसियालाई नेपालले पराजित गर्नै पर्ने हुन्छ ।

अहिले नेपाल छनोट प्रतियोगिताको पाचौं स्थानमा छ । आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा युएईसँग पनि ७८ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालको यात्रा निकै कठिन बनेको हो ।

नेपालले मलेसियापछि सेप्टेम्बर २ तारिखमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले लिग चरणको अन्तिम खेलमा हङकङसँग सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्दैछ ।

मलेसियासँग नेपालले अहिलेसम्म ५ खेलमा प्रतिस्पर्धा गरेको छ भने सबै खेलमा नेपालले जितेको छ । सन् २०१४ पछि नेपाल र मलेसियाबीच पहिलोपटक भेट हुन लागेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org