ताजा समाचार

राहुल गान्धी काठमाडौंमा आजै मानसरोवर जादै

काठमाडाैँ १६,भदाै ।  शुक्रबार काठमाडौं आएका भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धी शनिबार तिब्बतको कैलाश मानसरोवर यात्रामा निस्किएका छन्।

दुई सहयोगीका साथ इन्डिगो एयरबाट सामान्य ढंगले काठमाडौं आएका गान्धी शनिबार चाइना एयरको जहाजबाट तिब्बतको मानसरोवर यात्रामा निस्किएका हुन्।  गान्धी नेपालगन्जबाट हुम्लाको हिल्सा हुँदै तिब्बतको मानसरोवर जाने पूर्व निर्धारित कार्यक्रम थियो।

शुक्रबार राति गान्धी लाजिम्पाटस्थित र्‍याडिसन होटलमा बसेका थिए। निजी भ्रमणका लागि नेपाल आइपुगेका गान्धीले कुनै राजनीतिक भेटवार्ताको कार्यक्रम राखेका छैनन्।

शुक्रबार गान्धी अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन डेस्कमा सामान्य व्यक्तिका रूपमा आएका थिए। उनलाई चिनेपछि मात्र प्रहरीले भीआईपी कक्षतर्फ लगेका थिए।

केही छिनको भीआईपी कक्षको बसाइपछि गान्धी सामान्य कार चढेर होटलतर्फ लागेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org