ताजा समाचार

नेपालले सिंगापुरविरूद्ध १५२ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थाल्यो

काठमाडाैँ १७,भदाै ।    सिंगापुरले दिएको १५२ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ थालेको नेपालले ७ ओभरको समाप्तीमा बिना कुनै विकेट क्षती ३४ रन बनाएर खेलिरहेको छ।

युकेएम ओभल मैदानमा पानी परेपछि खेल अहिले रोकिएको छ।

वर्षाले खेल रोकिनुअघि नेपालका लागि ओपनर अनिलकुमार साहले २१ बलमा २ छक्का र १ चौकासहित २३ रन र सुबास खकुरेलले २१ बलमा १ चौकासहित ८ रन बनाएर खेलिरहेका छन्।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित ५० ओभरको खेलमा ४२ ओभरमा अलआउट हुँदै १५१ रन बनाएको थियो।

नेपालका लागि सन्दिप लामिछाने र ललित नारायण राजबंशीले समान ३-३ तथा सोमपाल कामीले १ विकेट लिएका थिए।

बसन्त रेग्मीले १ विकेट लिए भने सिंगापुरका एक खेलाडी रन आउट भएका थिए।

२ भित्र पर्दै फाइनलको यात्रा तय गर्ने तयारीमा छ।

एसिया कप छनोटको आशा जिवितै राख्न आज नेपालले कुनै पनि हालतमा सिंगापुरलाई फराकिलो अन्तरमा हराउनुपर्नेछ।

यसअघि पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसँग हार ब्यहोरेको नेपालले तेस्रो खेलमा घरेलु टोली मलेसियालाई पराजित गर्दै पहिलो जित दर्ता गरेको थियो।

प्रतियोगिताको लगातार ३ खेलमा पराजित सिंगापुरको फाइनल यात्रा टुंगिएको छ।

यद्यपी नेपालको जितसँगै अन्य टिको खेलले पनि नेपाललाई प्रभावित पार्ने हुन्छ।

आजै भएको अर्को खेलमा युएईले घरेलु टोली मलेसियालाई ९२ रनमा समेटेर ८ विकेटको फराकिलो जित निकालेको छ।

योसँगै युएई अंक तालिकामा ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ।

सम्बन्धित सामाचार
एसिया कप छनोट : टस हारेर सिंगापुरविरुद्ध फिल्डिङ गर्दै नेपाल

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org