ताजा समाचार

एक गेस्ट हाउसमा मृत अवस्थामा युवतिको शव फेला

काठमाडाैँ १७,भदाै । काठमाडौंको बसुन्धरास्थित एक गेस्ट हाउसमा मृत अवस्थामा शव फेला परेको छ।

गत शुक्रवार प्रहरीले धादिङ घर भएकी २० वर्षीय युवती लक्ष्मी परियारको शव फेला पारेको हो।  गेस्ट हाउसको कोठा नम्बर १०१ मा युवतीको शव फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए। एसपी जोशीले भने, ‘केही दिनदेखि बन्दकोठामा शव रहेछ। होटेल संचालनकले खबर गरेपछि हामी पुगेका हौं। थप अनुसन्धान भइरहेको छ।’

मृतक लक्ष्मी अन्दाजी २२ बर्षीय युवकसँग केही दिन अगाडी होटलमा कोठा लिएर बस्ने गरेको देखिएको छ। होटल संचालकले प्रहरीलाई दिएको जानकारीअनुसार उनीहरु श्रीमानश्रीमती भएको बुझिएको छ। एसपी जोशीले भने,’उनीहरु केही दिन अगाडि नै होटेलमा आएर बसेको देखिन्छ। उनीहरुको सम्वन्ध के थियो भन्ने खुलेको छैन।’

गत १३ गते बिहान लक्ष्मीसँगै आएका युवक भने बाहिरबाट कोठामा ताल्चा लगाएर गएका थिए। केही दिनदेखि कोठा नखुलेको देखेपछि शंका लागेर होटेल संचालनकले प्रहरीलाई फोन गरेका थिए। यसअघि पनि उनीहरु पटकपटक होटेलमा आएर बस्ने गरेको प्रहरी अनुसन्धान खुलेको हो। ‘आफुलाई श्रीमानश्रीमती भएको भन्दै यसअघि पनि होटेलमा बसेको भेटिएको छ।’ एसपी जोशीले भने।

शवको पोस्टमार्टमको लागि शिक्षण अस्पताल लगिएको छ। रिपोर्टपछि नै युवतीको मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org