ताजा समाचार

चर्चित गायक तथा संगीतकार राम अाङ्देम्बे अब निर्देशक पनि ( हेर्नुहाेस भिडियाे सहित)

काठमाडाैँ १७,भदाै ।  गायक तथा संगीतकार राम अाङ्देम्बेकाे निर्देशनमा ” प्रेम लीला ” गीतकाे म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ। बिशाल दर्पणकाे स्वर रहेकाे उक्त गीतकाे शब्द दिपेन्द्र खडकाकाे छ भने,दिपेन्द्र थिङकाे संगीतमा,सुमान के.सी.काे संगीत संयाेजन रहेकाे छ।

झापा दमक अासपासका चियाबगान लगायत रमणिय स्थानहरूमा छायंकन गरिएकाे भिडियाेलाइ गायक तथा संगीतकार राम अाङ्देम्बेले निर्देशन गरेका हुन उक्त भिडियाेनै अाङ्देम्बेकाे पहिलाे निर्देशन हाे । प्रेमील जाेडिलाइ फिचरिङ गरिएकाे भिडियाेमा माया प्रेमकै बिषयले प्राथमिकता पाएकाे छ।

मिस लिम्बु २०१७ यूमा एवार्ड बिजेता मेनुका सदेम्बा लिम्बुकाे साथमा हिलिहाङ अाङ्देम्बेकाे अभिनय रहेकाे भिडियाेमा श्रृंगार मनाेज खत्रीकाे छ भने भिडियाेकाे रंग संयाेजन तिलक रिजालकाे छ ,छायंकन तथा सम्पादन ज्ञानेन्द्र काेइरालाले गरेका छन।

हेर्नुहोस भिडियो

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org