नेपाल आइडल पहिलो सिजनका लोकप्रिय गायक प्रताप दास अब नायक पनि!
इटहरी १८,भदाै । अन्तर्राष्ट्रिय नेपाली गायन रियालिटी शो नेपाल आईडलको रिजन २ यतिखेर चलिरहेको छ । नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको गायन प्रतियोगीता आयोजना भएसँगै यसले खुबै चर्चा पायो । सामाजिक सञ्जाल, युट्युव तिर अहिलेपनि युट्युवको शीर्षस्थानमा आइरहेको हुन्छ । यसैबिच नेपाल आईडल पहिलो सिजनका सेकेण्ड रनरअप प्रताप दास यतिखेर देशबिदेशका कार्यक्रमहरुमा निकै ब्यस्त छन् । उनले थुप्रै गीतहरु गाईसकेका छन् । नेपाल आईडलका अन्य बिजेता भन्दा उनले चलचित्रका गीतहरुमा बढी स्वर दिएका छन् । पछिल्लो समय चलचित्रका निर्माता तथा निर्देशकले उनलाई खोज्ने गरेका हुन्छन् ।
यसैबिच उनले स्वर भरेको ‘रोज’ चलचित्रमा समावेश ‘फूल हैन’बोलको गीत यतिखेर चर्चामा छ । यहि भदौ २२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको टिम अहिले मोफसलको प्रमोशनल टुरमा छ । चलचित्रका नायक तथा नायिकाहरुसँगै गायक प्रताप दासपनि सँगै छन् । पोखराबाट सुरु भएको प्रमोशनल टुर, बुटवल, चितवन हुँदै आइतबार इटहरी र धरानमा सम्पन्न भयो । इटहरीमा कन्सर्ट सुरु हुनु अघि गरिएको पत्रकार भेटघाट कार्यक्रममा प्रतापले आफ्नो स्वरमा रहेको गीतको बिषयमा जानकारी दिए ।
त्यसैबिच सञ्चारकर्मिहरुको ‘चलचित्रमा स्वर मात्र कि अभिनय पनि ?’ भन्ने प्रश्नमा प्रताप केहिबेर रोकिए । उत्तर दिनुपुर्व छेउमै रहेका नायक प्रदीप खड्का तर्फ हेर्दै ‘सुटिङ भएको थियो तर मेरो सिनमात्र काटियो’ भन्ने जवाफ दिए र मुसुक्क हाँसे । उनले दोस्रो हर्फमा चलचित्रमा मेरो अभिनय छैन गीत मात्र गाएको हुँ भने । प्रदीपतर्फ हेर्नु र उत्तर दिन अक्मकिनुले कतै ‘रोज’मा प्रतापको पनि अभिनय छ कि भन्ने जिज्ञासा थपिदिएको छ । यो भन्दा अघि प्रदीपकै चलचित्र ‘प्रेमगीत २’, ‘लिलिबिली’मा पनि एक÷एक गीत गाएका थिए । केहिबर्ष यता प्रताप र प्रदीप नजिक छन् ।
प्रतापले पत्रकार भेटघाटमै चलचित्रमा कामगर्ने इच्छा जागेको पनि बताए । ‘यदि राम्रो चलचित्रका लागी अफर आउँछ भने म गर्न तयार छु, किनकी मलाई पहिले देखी चलचित्रमा अभिनय गर्ने इच्छा छ’, प्रतापले भने । कार्यक्रममा नायक प्रदीप खड्का र नायिका मिरुना मगरले चलचित्र ‘रोज’को बिषयमा जानकारी गराए । अन्तिम समयमा आएर चलचित्रको नाम परिवर्तन, नायकले नायिकालाई मार्नुको कारण लगायतका बिषयमा सञ्चारकर्मिहरुले जिज्ञासा राखेका थिए । मोफसल टुरमा नायक प्रदीप खड्का, नायिकाद्धय मिरुना मगर, परमिता आरएल राणा, गायक प्रताप दाससँगै चलचित्र निर्माण नियन्त्रक बुद्धिलाल मगर, हाँस्य कलाकार दिनेश काफ्ले, नवगायिका प्रज्ञा श्रेष्ठ लगायतको टिम छ ।
आइतबार इटहरी र धरानको कन्सर्ट सकेलगत्तै सोमबार टिम झापा पुगेको छ । झापामा दमक र बिर्तामोडमा कन्सर्ट गरेलगत्तै टिम काठमाडौं फर्किनेछ । काठमाडौंमा पनि दुईठाउँमा कन्सर्ट गरिने निर्माण नियन्त्रक बुद्धलालले जानकारी दिए । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको यो चलचित्र निरक पौडेलले ।
Comments
अरु समाचार
-
‘जानकी साहित्यिक पुरस्कार’ भण्डारीलाई
काठमाडौं । विक्रम संवत् २०८० को जानकी साहित्यिक पुरस्कार गुल्मीका साहित्यकार ठाकुर शर्माभण्डारीलाई प्रदान गरिने भएको छ । ‘जानकी प्रतिष्ठान’...
-
नेपथ्यको नयाँ वर्ष स्वागत पूर्वेली सहर बिर्तामोडबाट
काठमाडौं । बिक्रम सम्वत २०८१ को पहिलो सूर्योदयभन्दा अघिल्लो साँझ नेपथ्य पूर्वी नेपालको बिर्तामोडमा प्रस्तुत हुने भएको छ । झापा...
-
डा. अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति प्रदान गरिने
काठमाडौं । मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...
-
राजेशपायल राई रिहा
काठमाडौं । गायक राजेशपायल राई रिहा भएका छन् । गएराति २ बजे काठमाडौंको मदनभण्डारी कलेजनजिकैबाट मदिरा पिएर हो–हल्ला गरेको आरोपमा...
-
कविद्वय ठाकुर बेलबासे र खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’
काठमाडौं । साहित्यिक पत्रकार सङ्घले कवि ठाकुर बेलबासे र कवि खेमनाथ दाहाललाई ‘व्यथित काव्य सम्मान-२०८०’ प्रदान गर्ने भएको छ।...
-
षड्यन्त्र र घेराबन्दी गरिएको भन्दै ‘काँडेतार’ चलचित्र कुनै पनि हलमा नचलाउने घोषणा
काठमाडौ । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काँडेतार’को निर्माण पक्षले देशैभरिका सिनेमा हलमा आजैदेखि आफ्नो चलचित्र नचलाउने निर्णय लिएको छ।...
-
इलामको रमणीय पाखामा नेपथ्य गुञ्जदै
काठमाडौं । सात दसकअघि मुलुकका मूर्धन्य साहित्यकारहरु भेलाभएर इतिहास रचेको पूर्वी नेपालको एउटा रमणीय मैदानमा आउँदो साता नेपाली लोकरक भाका...
-
मुस्ताङका तीन गाउँले थकालीले ‘त्युङ्ला पर्व’ मनाए (फाेटाेफिचर)
काठमाडौं । काठमाडौंमा मुस्ताङका तीन गाउँले थकालीले त्युङ्ला पर्व मनाएका छन् । काठमाडाैँकाे स्वयम्भु स्थित तीन गाउँले थकाली सेवा समाजकाे...