ताजा समाचार

निर्मला बलात्कार प्रकरण छानविन गर्न एसएसपी ज्ञवालीको कमाण्डमा अर्को टोली

काठमाडाैँ १८,भदाै ।  कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अर्को समिति गठन गरेको छ ।

सोमबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसएसपी ठाकुर ज्ञवालीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरिएको प्रहरी प्रवक्ता शैलेश थापाले रातोपाटीलाई जानकारी दिएका छन् ।

‘जिल्लामा अनुसन्धान गरिरहेको टिमलाई आवश्यकता अनुसार सहयोग गर्न नयाँ टोली पठाइएको छ’ प्रहरी प्रवक्ता क्षेत्रीले भने, ‘सीआईबीका एसएसपी ठाकुर ज्ञवालीको संयोजकत्वमा ब्याकअप टोली गठन भएको हो ।’

समितिका सदस्यमा  ब्युरोका डिएसपी कमल थापा लगाएका अफिसरहरु रहेका छन् । टाेली त्यहाँ पुगेर काम थालिसकेकाे जनाइएकाे छ ।

यसअघि गृह मन्त्रालयले गठन गरेको सहसचिव हरि मैनाली नेतृत्वको समितिले पनि घटनाबारे छानबिन गरिरहेको छ । यस्तै घटनाको सुरुवाती चरणमा अनुसन्धान गर्न सीआईबीकै डीएसपी अंगुर जोशी नेतृत्वको टोली कञ्चनपुर पुगेको थियो ।

बलात्कारपछि हत्या भएको २५ दिनपछि गत भदौ ४ गते जिल्ला प्रहरी कार्यालय र जोशी नेतृत्वकाे टोलीले स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेपछि आन्दोलन चर्किएको थियो ।

मानसिक सन्तुलन गुमाएका दिलिपसिंह विष्टलाई पक्राउ गरेर प्रहरीले बास्तविक बलात्कारी लुकाउन खोजेको भन्दै चर्केको आन्दोलनका क्रममा प्रहरीको गोलीले एकजनाको ज्यान समेत गएको थियो ।साउन १० गते मृत फेला परेकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org