ताजा समाचार

बन्दीपुर महोत्सव भदौ २२ देखि

काठमाडाैँ १८,भदाैँ ।   तनहुँ जिल्लाको प्रमुख पर्यटकीय केन्द्र बन्दीपुरमा पर्यटन तथा सांस्कृतिक महोत्सव आयोजनाको तयारी गरिएको छ ।

बन्दीपुर गाउँपालिकासहित विभिन्न संघसंस्थाको आयोजनामा हुने महोत्सव भदौं २२ र २३ गते दुई दिन हुनेछ । ‘प्रकृति र संस्कृति अर्को पिढीको लागि संरुक्षण गरौं’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवको आयोजकमा बन्दीपुर गाउँपालिका, बन्दीपुर युनेस्को क्लव, रोट्र्याक्ट अफ दमौली र ड्याप्स नेपाल छन् ।

बन्दीपुरलाई पर्यटकीय हबको रुपमा विकास गर्न महोत्सवको आयोजना गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । महोत्सवको तयारी अन्तिम अवस्थामा पुगेको अध्यक्ष थापाले बताए ।

महोत्सवमा नेवारी संस्कृतिका लाखे नाच, डोकोनाच, कौरा र रत्यौली, तीज गीत, देवी नाच झ्याउ गुरुङ संस्कृति, तामाङ सेलो, थारू नाच, गन्धर्व गीत, सोराठी र ठाडो भाका लगायतका स्थानीय साँस्कृतिक प्रस्तुति रहने छन् । महोत्सवमा ख्यातिप्राप्त कलाकारहरुसमेत सहभागी हुनेछन् ।

बन्दीपुर नेपालकै प्रमुख पर्यटकीय गन्तव्य भएको र यहाँका पर्यटकीय स्थल एवं संस्कृतिको प्रचारप्रसार गर्न महोत्सव गर्न लागेको अध्यक्ष थापाले बताए । महोत्सवमा गर्नका लागि १८ लाख रुपैयाँ खर्च हुने अनुमान छ । महोत्सवको करिब १ लाखभन्दा बढिको सहभागिता रहने अनुमान आयोजकको छ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org