ताजा समाचार

नेपाललाई पहिलो झट्का, सुबास खकुरेल शून्य रनमा आउट

काठमाडाैँ १९,भदाै । एशिया कप छनोटको अन्तिम खेलमा हङकङविरुद्ध नेपालको पहिलो विकेट पतन भएको छ । अर्को चरणको यात्राका लागि हङकङलाई फराकिलो अन्तरले पराजित गर्नुपर्ने दबाबमा रहेको नेपाललाई ओपनर सुबास खकुरेल शून्य रनमा आउट भएपछि पहिलो झट्का लागेको छ । मलेसियाको युएम वाइएसडी स्टेडियममा ओपनर खकुरेल १ बल खेल्दै पभेलियन फर्किएका छन् । चिसो मैदानका कारण ढिलोगरी सुरु गरिएको खेलमा नेपालको खराब सुरुवात भएको छ ।

हङकङलाई फराकिलो अन्तरले पराजित मात्र होइन ओमान र युएईबीचको नतिजाले नेपालको अर्को चरणको यात्रा निर्धारण गर्नेछ । ओमान बायुमास ओभलमा टस जितेर यूएईबिरुद्ध बलिङ गरिरहेको छ । यसअघि सुरुवाती दुई खेलमा ओमानसँग र युएईसँग हार ब्यहोरेको नेपालले मलेसिया र सिंगापुरलाई पराजित गरेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org