ताजा समाचार

गर या मरको खेलमा नेपालको लज्जास्पद प्रदर्शन, ९५ रनमै अलआउट

काठमाडाैँ १९,भदाै । एसिया कप छनोटमा नेपालले हङकङसामू ९६ रनको झिनो लक्ष्य दिएको छ ।

क्वालालम्पुरको यूकेएम ओभलमा टस जितेर ब्याटिङ थालेको नेपालले ३७.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन मात्र बनायो ।

नेपालको सुरुवात निकै खराब रह्यो । पहिलो ओभरको पहिलो बलमै ओपनर सुवास खकुरेल शुन्यमै आउट भए ।

तेस्रो नम्बरमा कप्तान पारस खड्का आफैं आएका थिए तर, उनी पनि अनिलकुमार साहसँग २२ रनको साझेदारी गर्दै आउट भएका छन् । आठौं ओभरको अन्तिम बलमा आउट भएका उनले मात्र १४ रन बनाए ।

ज्ञानेन्द्र मल्ल र अनिलले २१ रनको साझेदारी गरे । लगतै दुबै आउट भएका छन् । अनिल १५ र ज्ञानेन्द्र १२ रनमा आउट भएका हुन् । दीपेन्द्रसिंह ऐरी २, सागर पुन ७, सोमपाल कामी शुन्य रनमै पभेलियन फर्किए । सातौं विकेटका रुपमा सोमपाल आउट हुँदा नेपालको स्कोर मात्र ५८ रन थियो ।

आरिफ शेख र बसन्त रेग्मीले आठौं विकेटका लागि ३४ रनको साझेदारी गर्दै पारी सम्हाल्ने प्रयास गरे ।

आरिफ १८ रनमा आउट भए । थप ३ रन जोड्दा नेपालले बाँकी २ विकेट गुमायो र ९५ मा अलआउट भयो ।

बसन्त १५ रनमा अविजित रहे ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा इशान खानले ७.५ ओभरमा १५ रन खर्चिएर ४ विकेट हात पारे भने मोहम्मद अजिज खान र तनवीर फैजलले २–२ विकेट लिए ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org