ताजा समाचार

आफ्नै होटलमा काम गर्ने किशोरी बलात्कार गरेको अभियोगमा होटल सञ्चालक पक्राउ

काभ्रे १९ भदौ,  । किशोरी बलात्कारको अभियोगमा काभ्रेमा एक होटल सञ्चालक पक्राउ परेका छन् ।

बनेपाको मुख्य चोक चारदोबाटोमा रहेको अरनिको मिठाइ भण्डारका सञ्चालक २४ वर्षका रामशरण हुमागाईं आइतबार राति आफ्नै होटलमा काम गर्ने किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।

१७ वर्षकी किशोरीले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय बनेपाले उनलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धानका लागि मंगलबार अदालतबाट ७ दिनको म्याद लिएको प्रहरी निरीक्षक सुनीलजंग शाहले जानकारी दिए ।

सुर्खेत घर भएकी युवती भदौ १२ गते उक्त होटलमा काम गर्न आएकी थिइन् । ९ कक्षामा पढ्ने उनी नियमित काम सकेपछि राति ८ बजेतिर दिदीको कोठामा फर्किदै थिइन् । हुमागाईंले स्कुटरमा लगिदिन्छु भनेर होटलमा लगेर डर धम्की दिएर होटलमा लगेर जबर्जस्ती गरेको उनले जाहेरीमा उल्लेख गरेकी छन् । त्यस दिन राति ११ बजेमात्र उनी दिदी भिनाजुको सम्पर्कमा पुगेकी थिइन् ।

इलाका प्रहररी कार्यालयका इन्सपेक्टर शाहले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । ‘अनुसन्धानबाट दोषी देखिने सबै कारबाही दायरामा आउँछन्’ उनले भनिन् । हुमागाईंलाई जोगाइदिन भन्दै केही जनप्रतिनिधि र नेताहरुले समेत प्रहरीलाई दबाब दिएको स्रोतको भनाइ छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org