ताजा समाचार

संवैधानिक परिषद बैठक सिंहदरबारमा बस्दै, को होला ? अख्तियार प्रमुखमा सिफारिस

काठमाडाैँ  २०,भदाै ।  संवैधानिक परिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ ।

बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख नियुक्तिको विषयमा छलफल हुने स्रोतले बतायो ।

अख्तियार लामो समयदेखि प्रमुख आयुक्तविहीन छ । दीप बस्न्यातले अवकाश पाएपछि गत फागुनदेखि अख्तियार कार्यवाहकको भरमा चलिरहेको छ ।

हाल कार्यवाहकको जिम्मेवारी नविनकुमार घिमिरेले पाएका छन् । बैठकले घिमिरेलाई नै प्रमुख आयुक्तमा नियुक्ति सिफारिस गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org