ताजा समाचार

देशकै उत्कृष्ट विद्यालय विराटनगरको एभरेस्ट बोर्डिङ शिक्षा मन्त्रालयद्वारा पुरस्कृत

काठमाडाैँ २१,भदाै ।  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ३९औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस अवसरमा उत्कृष्ट विद्यालय घोषणा गरेको छ । उत्कृष्ट विद्यालयलाई सरकाले विभिन्न विधामा पुरष्कार दिनेछ ।

सरकारद्वरा गठित पुरस्कार विद्यालय छनौट समितिले सामुदायिक र संस्थागततर्फ विभिन्न विधामा १२ उत्कृष्ट विद्यालय छानेको मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमले बताए ।

सामुदायिक र संस्थागततर्फ माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन-तीन र माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) मा राष्ट्रियस्तरमा उत्कृष्ट हुने तीन÷तीन विद्यालय छानिएका हुन् ।

यसरी छानिएका विद्यालयमध्ये मोरङ विराटनगरको एभरेस्ट इंलिस बोर्डिङ माध्यमिक विद्यालय पनि परेको छ । छानिएका १२ विद्यालयलाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा आगामी शनिबार हुने दिवसको अवसरमा आयोजित कार्यक्रममा पुरस्कार वितरण गरिनेछ ।

उत्कृष्ट विद्यालयलाई नगर शिल्ड प्रदान गरिने सहसचिव गौतमले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org