ताजा समाचार

प्रभु बैंक २ वटा शाखा कार्यालय,अव मुस्ताङमा पनि !

मुस्ताङ २१,भदाै ।   प्रभु बैंक लिमिटेडले प्रदेश नं. ४ अन्तर्गत मुस्ताङ जिल्लामा २ शाखा कार्यालय सञ्चालन गरेको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाउँपालिकामा लोमान्थाङ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।

मुस्ताङ्ग जिल्लाको लोघेकर दामोदरकुण्ड तथा लोमान्थाङ शाखा कार्यालयबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंककोसेवा उपभोग गरी लाभान्वित हुनेछन् ।

यी दुइ शाखाहरुसंगै मुस्ताङ जिल्लाको सवै गाउँपालिकाहरुमा प्रभु बैकको पहँुच पुगेको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org