ताजा समाचार

प्रचण्ड आज भारत जाँदै, असोज १ मा चीन जाने तयारी

काठमाडौं २१,भदाै । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत जाँदैछन्। उनी स्वदेश फर्किएपछि पार्टीको सचिवालय बैठक डाकिएको छ।

दुबै छिमेकको राजनीतिक भ्रमण गर्ने घोषणा गरेका प्रचण्ड सुरुमा भारत जान लागेका हुन्। उनी भदौ २३ गते नै स्वदेश फर्किने कार्यक्रम छ। यसअघि उनको सचिवालयले प्रचण्ड २६ गते मात्र स्वदेश फर्किने कार्यक्रम बनाएको थियो।

प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफलपछि उनले भ्रमणलाई छोट्याएका हुन्।
दुई अध्यक्षबीच भ्रमण छोट्याउने र पार्टीको सचिवालयको बैठक वैशाख २४ र २५ गतेका लागि बोलाउने सहमति भए अनुसार भ्रमण छोट्याइएको हो। सोही अनुरुप सचिवालयको बैठकपछि पार्टीको स्थायी समितिको बैठक २६ र २७ गते बोलाइएको छ।
प्रचण्ड भारत भ्रमणबाट फर्किएको अर्को साता चीन जाने तयारी गरिरहेका छन्। प्रचण्ड असोज १ गते चीन भ्रमण गर्ने तयारी गरिरहेको उनको सचिवालयले जनाएको छ।

भारत र चीनको भ्रमण विकास र समृद्धिका एजेण्डामा केन्द्रीत हुने प्रचण्डले बताउँदै आएका छन्। प्रचण्डले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकोले सो का लागि थप वातावरण निर्माण गर्न भ्रमण गर्न लागिएको बताउँदै आएका छन्

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org