ताजा समाचार

स्वयम्भु हाईटमा पार्किङ गरेर राखिएको गाडीभित्र शव फेला !

काठमाडाैँ २१,भदाै । राजधानीको स्वयम्भु हाईटमा पार्किङ गरेर राखिएको गाडीभित्र शव फेला परेको छ ।

स्वयम्भु मन्दिरको पैसा फाल्ने स्थानभन्दा तल पार्किङ गरिराखेको अवस्थामा प्राईभेट कारमा शव फेला परेको बताईएको छ ।

बा. ७ च ७०२१ नम्बरको स्विफ्ट कारभित्र पछाडीको सिटमा घोप्टो पारेर राखिएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत स्वयम्भुले जनाएको छ ।

काठमाडौंको नैकाप बस्ने ३२ बर्षीय श्याम श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

भित्रबाट रगत बगिरहेको अवस्थामा गाडी फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org